विद्यालय शिक्षा विधेयक साउन २ भित्र पास नगरे ओली सरकार ढाल्ने, डाकियो बैठक

आइतबार, असार २९, २०८२

विद्यालय शिक्षा विधेयक पारित नभए नेपाल शिक्षक महासंघले फेरि आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताएको छ । सरकारले शिक्षकलाई खुराफाती गरेको भन्दै शिक्षक महासंघ ओली सरकार सँग रुष्ठ भएको छ। 

सरकारलाई महासंघले साउन २ गतेसम्मको समय दिएको छ। त्यो दिन सम्ममा पनि विधेयक संसदमा टेबुल नगरे आन्दोलनको आंधीले सरकारलाई बढार्ने महासंघको योजना छ। 

शिक्षा समितिका सभापति अम्मरबहादुर थापाका अनुसार समितिको बैठक सोमबार बिहान ११ बजे बस्दै छ । समितिका सभापति थापा पनि सरकारको रबैया देखि हैरान भएका छन्। भोलिको बैठकमा सहमति जुटाएर जतिसक्दो चांडो विधेयक प्रतिनिधिसभामा पेश गर्ने थापाको भनाई छ। भोलि कुरा मिलेको खण्डमा बिधेयक साउन २ अगाडी नै पास हुने थापाको भनाई छ। 

प्रकाशित मिति: आइतबार, असार २९, २०८२  २१:००
प्रतिक्रिया दिनुहोस्