सोसल मिडिया
युनिकोड
पुर्व शिक्षा मन्त्री समेत रहेकी एमालेकी सांसद विद्या भट्टराईले बालविकास सहजकर्ताहरूलाई योग्यताको आधारमा साधारण शिक्षक बनाउन सकिने व्यवस्था गर्नुपर्ने प्रस्ताव राखेकी छिन्।
आइतबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथिको छलफलमा बोल्दै उनले यस्तो प्रस्ताव राखेकी हुन्।
उनले बालविकास सहजकर्ताको योग्यतालाई उनीहरूको वृत्ति विकाससँग जोड्न सक्नुपर्ने धारणा राखिन्। उनले विद्यालय कर्मचारीको सम्बन्धमा पनि स्पष्ट कार्यसम्पादनको क्षेत्र निर्धारण हुनुपर्ने बताए। बैठकमा बोल्ने अधिकांश सांसदहरूले बालविकास सहजकर्ताहरूलाई योग्यताको आधारमा साधारण शिक्षक बन्न पाउने व्यवस्था गर्नुपर्नेमा जोड दिए।