पालो मिचेर सचिव भएका सुवेदी पुरानै ठाउँमा थन्किए 

मंगलबार, असार १०, २०८२

कहिले सासूको पालो त कहिले बुहारीको पालो भन्या झैँ गरि निजामती क्षेत्रका अगुवाहरू पालैपालो आफ्नो तागत देखाउन ज्यादा रुचाउछन्। मौका पर्दा र अवसर पाउँदा क्षमता देखाउनेको कमी छैन। कुनै बेला थन्किएका जुर्मुरिएका छन् भने कुनै बेला जुर्मुरिएका अहिले थन्किएका छन्। 

कुनै बेला अहिलेका गृहसचिव गोकर्णमणी दुवाडी ६ पटक सचिव बढुवा सूचीमा सिफारिसमा परेपछि बल्ल सचिव भए। गोकर्णमणि दुवाडी, सुमनराज अर्याल र भरतमणि सुवेदीको नाम सिफारिस भएका बेला मात्र उनले सचिवमा उक्लिन पाएका थिए। त्यसपछि एक नम्बरमा रहेका अर्याललाई उछिनेर सुवेदी सचिव भए। अर्याल अहिले योजना आयोगको सचिव छन् भने सुवेदी फेरि वित्त आयोगमा हुत्याईएका छन्। 

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय लुम्बिनी प्रदेशको सचिव छँदा सुवेदीको सचिवमा बढुवा भएको थियो। बढुवापछि उनीलाई त्यहींको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय भएको थियो। तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलसँगको सम्बन्धकै आधारमा सुवेदी सोही ठाउँमा पदस्थापन भएको भनेर त्यो बेला चर्को विवाद पनि भएको थियो। 

एमाले महासचिव शंकर पोखरेलको गृहजिल्ला दाङ्गकै सुवेदी लुम्बिनी प्रदेशको प्रमुख सचिव हुँदै प्रधानमन्त्री कार्यालय, वित्त आयोग, पर्यटन मन्त्रालय हुँदै सामान्य प्रशासन मन्त्रालय पुगे। त्यहाँ बाट योजना आयोग पुगेको उनी फेरि वित्त आयोग नै आई पुगेका छन्। २०७८ मंसीर १३ गते वित्त आयोग पुगेर लामो समय त्यहि बसेका थिए। 

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव साटासाट गरेको हो। निर्वाचन आयोगका सचिव भरतमणि सुवेदीलाई प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिवमा सरुवा गरिएको छ भने वित्त आयोगका सचिव महादेव पन्थलाई निर्वाचन आयोगको सचिवमा पठाइएको छ।

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  ११:१६
प्रतिक्रिया दिनुहोस्