बालेन सँगको सात महिने हिमचिमले दिनुसम्म दियो पीर, जो-जो प्यारा तिनै डामिए

बुधबार, जेठ २८, २०८२

काठमाडौँ महानगरका मेयर बालेन्द्र साहका विश्वासिला र प्यारा भनिएकाहरूलाई आपतै आपत आईलागेको छ। महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईलाई बालेनकै आदेशमा बाटो छेकेका नगर प्रहरी प्रमुख राजु पाण्डे निलम्बनमा परेको केही सातामै अघिल्ला बालेनकै अति प्यारा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार पनि निलम्बित भएका छन्। बालेनको संगत यी दुई भाईलाई फापेन। बालेन सँग नजिक भएका केही थान अझै डामिनेको हिट लिस्टमा छन्। 

सामाखुशी करिडोरमा बसुन्धरादेखि म्हेपीसम्म ढल निर्माण कार्यको ठेक्कामा झेल गरेको भन्दै आज जेठ २८ गते परियारलाई अख्तियारले प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरे संगै परियार स्वत निलम्बित भएका हुन्। बालेन सँगको सात महिने हिमचिमले कान्छा सहसचिव परियारलाई दिनुसम्म पीर दिएको छ। 

प्रदीप माथि अन्य विषयमा समेत अख्तियारले छानबिन गरिरहेको छ। सम्भवत चांडै उनीमाथि अर्को मुद्दा पनि दायर हुँदैछ। ३२ वर्षमै सहसचिव भएका अल्लारे परियार कार्यानुभवको अभावमा करियरको प्रारम्भमै डामिएका हुन्। 

प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२  २१:०२
प्रतिक्रिया दिनुहोस्