जेठ १५ गते ठिक ३ बजेलाई बजेट पढ्ने जुर्यो साईत

बुधबार, जेठ १४, २०८२

सरकारले भोली जेठ १५ गते बस्ने संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले बिहीबार बस्ने बैठकमा ३ बजे आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि बजेट प्रस्तुत गर्नेछन् ।

कार्यसूचीमा लेखिएको छ, ‘माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आ.व. २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्नुहुने ।’

अर्थमन्त्री पौडेलले राष्ट्रिय स्रोत अनुमान समितिबाट आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कम्तिमा १९ खर्ब ६५ करोड रुपैयाँको बजेट सिलिङ पाएका छन्‌ । budjet-1748437162.png
 

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  १८:४४
प्रतिक्रिया दिनुहोस्