गृहमन्त्रालयमा सहसचिव ‘बेरोजगार’, किन पारिन्छ ‘उपरी माथि थुपरी’

बुधबार, जेठ ७, २०८२

गृहमन्त्री रमेश लेखकले मन्त्रालय अन्तर्गतका सहसचिव चलाएका छन्। पाँचथरका सिडिओ विष्णुप्रसाद कोइरालालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय (टिआईए)को हाकिम बनाएर पठाएका छन्। यता, टिआईएका प्रमुख सहसचिव तिर्थराज भट्टराई मन्त्रालयमा तानिएका छन्। 

कास्कीको सिडिओ बनाउन भट्टराईलाई गृह तानिएको बुझिएको छ। कास्कीका सिडिओ भरतमणि पाण्डे, ईलामको सिडिओ कल्पना श्रेष्ठ, भोजपुरका नरबहादुर थापा र वर्दियाकी सिडिओ रुद्रादेवी शर्माको पनि सरुवा हुँदैछ। 

त्यस्तै धनुषाका प्रमुख जिल्ला अधिकारी राजुराज कडरिया र रोल्पाका प्रमुख जिल्ला अधिकारी खिमबहादुर रायामाझीको पनि सरुवा हुँदैछ।  माइती जिल्ला मकवानपुरमा सिडिओ चलाएकी स्किम श्रेष्ठको पनि सरुवा हुने पक्का छ। 

यता मोरंगको सिडिओवाट तानेर मन्त्रालयमा ४ महिनादेखि जगेडामा हुत्याईएका सहसचिव प्रेमप्रसाद भट्टराई हाजिर गर्दै हिडीरहेका छन्।  उनलाई साथ् दिन शंकरहरि आचार्य, अरूण पोखरेल, नेत्रप्रसाद सुवेदी र केदारनाथ शर्मा २ महिनादेखि गृहको बरण्डा चाहर्दै यताउता गरिरहेकै छन्।  स्याङ्जाको सिडिओ बाट तानिएकी सुनिता नेपालको हातल पनि उही छ। सहसचिव बुद्धबहादुर गुरुङ पनि गृह मन्त्रालयका अर्का ‘बेरोजगार’ सहसचिव हुन्। टिआईए बाट तानिएका भट्टराईले पनि तत्काल बरान्डामै बिताउनु पर्नेछ।  बुझिए अनुसार बरान्डामा थप आधा दर्जन सहसचिव सातादिन मै थपिनेछन्। 

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  ११:१०
प्रतिक्रिया दिनुहोस्