सोसल मिडिया
युनिकोड
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका ज्योतिष भनेर चिनिएका ज्योतिषी तथा वास्तुविद् सुरेशचन्द्र रिजालले सत्ता गठबन्धनमा बढ्दो अविश्वास झनै चुलिदै जाने ग्रहयाेग निर्माण भएकाे टिप्पणी गरेका छन्। रिजाल तिनै ज्योतिष हुन्, जसले २०७४ को निर्वाचनअघि देउवालाई सातपटक प्रधानमन्त्री हुने योग छ भनेका थिए।
रिजालले सामाजिक संजालमा लेखेका छन्- आजबाट राहु र केतु ग्रहकाे एकसाथ राशि परिवर्तन भएको छ। न्यायकारक ग्रह शनि र राज्य कारक ग्रह सूर्य दुबैमा यसकाे पूर्ण प्रभाव रहने भएकाले विशेषगरी सत्ता गठबन्धनमा बढ्दो अविश्वास झनै चुलिदै जाने ग्रहयाेग निर्माण भएकाे छ।