गभर्नर बन्ने सपनामा तातोपानी खन्याएपछि गुणाकर भट्टले अमेरिका पुगेर मुख फोरे 

शुक्रबार, जेठ २, २०८२

गभर्नर बन्ने प्रायोजनमा नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा गरेका डा. गुणाकर भट्ट यतिबेला अमेरिकामा छन्। 

उनी अमेरिका हान्निएपछि यता स्वदेशमा भने उनी देश छोडेर पलायन भएको बात् लागेको छ। त्यसलाई चिर्दै उनले आफूले देश नछोडेको बताएका छन् । एउटा कार्यक्रममा सहभागी हुन अमेरिका पुगेको  र छिट्टै देश फर्किने उनले बताएका छन् ।

नेपाल राष्ट्र बैंकको गभर्नरमा चर्चामा आएका भट्टले कार्यकारी निर्देशकबाट राजीनामा गरे पनि उनको राजीनामा कामु गभर्नर निलम ढुंगानाले स्वीकृत नगरेपछि सत्तारुढ दलहरूले विकल्प खोजेको चर्चालगत्तै भट्ट अमेरिका गएका थिए । निलमले मरिगए राजीनामा स्वीकृत नगर्ने अड्डी कसेपछि विरक्तिएर उनी अमेरिका पुगेका हुन्।  उनको गभर्नर बन्ने सपनामा तातोपानी खन्याईएको छ। 

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  २१:३९
प्रतिक्रिया दिनुहोस्