प्रधानमन्त्री ओलीसँग माननीयले जेठ ६ गते प्रतिनिधिसभामा प्रश्न सोध्न पाउने 

मंगलबार, वैशाख ३०, २०८२

आगामी जेठ ६ गते प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ। प्रतिनिधिसभाको मंगलवारको बैठकमा सभामुख देवराज घिमिरेले उक्त जानकारी गराएका हुन्। 

प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ मा प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने उल्लेख छ। समूह दशमा रहेका सांसदहरुले जेठ २ गते दिउँसो २ बजेभित्र प्रतिनिधिसभाका सचिवसमक्ष प्रश्न बुझाउनसमेत सभामुख घिमिरेले आग्रह गरे।

प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्षरुपमा सम्बन्धित विषयमा सांसदहरुले प्रश्न सोध्न सक्नेछन्।

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  २०:५५
प्रतिक्रिया दिनुहोस्