सोसल मिडिया
युनिकोड
नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल तीर्थाटनमा निस्किएका छन्। शुक्रबार काठमान्डूबाट पोखरा उडेका अर्याल आईतबारसम्म गण्डकी प्रदेशमै रमाउने बुझिएको छ।
द्ध एअरको उडानमा पोखरा पुगेका अर्यालले आज शनिवार सतौ चण्डीकालिकाको दर्शन गरेका छन्। देवीभक्त अर्याल गह्रौं कालिकादेवीको शरणमा परेर आफ्नो जन्मथलो स्याङ्जा पुगेका छन्।
शनिवारको बास पुर्ख्यौली थातथलोमा बसेर आईतबार सबेरै गृहजिल्लाको राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय भवनको उद्घाटन गर्ने कार्यक्रम छ। दिनभरी स्याङ्जामै रहने मुख्यसचिव अर्याल आइतबार साँझ पोखरा पुग्ने बताईएको छ। पोखरामा केही समय बिताएपछि राति बुद्ध एअरको उडानमा संघीय राजधानी काठमान्डौ आईपुग्ने बताईएको छ।
मुख्यसचिवको पछि लागेर नेपाल प्रहरीका आईजीपी दीपक थापा,सशस्त्र प्रहरी प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धानका हाकिम पनि उतै पुगेका छन्। यस्ता मुख्यसचिव अर्यालले केही भईपरि आएमा काम फत्ते गर्न प्रधानमन्त्री कार्यालयका सचिव फडिन्द्र गौतमलाई मौखिक जिम्मेवारी तोकेका छन्। काठमाडौँ आएपछि सोमबार बिहानै प्रधानमन्त्री केपी ओली संगै मुख्यसचिव अर्याल लुम्बिनी पुगेर बुद्ध जयन्ती मनाउने कार्यक्रम छ।