सोसल मिडिया
युनिकोड
वर्तमान सरकारका उपप्रधान समेत रहेका अर्थमन्त्री बिष्णु पौडेल प्रमुख दलका प्रमुख नेताको घर धाउन थालेका छन्। सोमबार कांग्रेस सभापति शेरबहादुर देउवाको घर पुगेका उनी आज मंगलबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको घर पुगेका हुन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न पौडेल आज बिहान अध्यक्ष प्रचण्डको निवास खुमलटार पुगेको उनको सचिवालयले जनाएको छ।
‘आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा अर्थमन्त्री पौडेलले प्रमुख प्रतिपक्ष दलका शीर्ष नेतासँग विमर्श गर्नुभएको हो,’ प्रचण्डको सचिवालयका एक सदस्यले भने, ‘यो भेटवार्ता विशुद्ध बजेटका विषयमा केन्द्रीत छ। अन्य राजनीतिक विषयमा उहाँहरुबीच खासै कुरा भएन।’
एमाले उपाध्यक्ष समेत रहेका मन्त्री पौडेल प्रचण्ड निवास पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। बजेटको कुरा भनिएपनि सत्ताको नयाँ चित्र कोर्न उनी त्यहाँसम्म पुगेको बताइन्छ।