बालेनलाई लतार्ने ओली सरकारको रणनीति, सरोजलाई भित्र्याउन मन्त्रालयको उर्दी 

बिहीबार, फागुन २२, २०८१

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरोजप्रसाद गुरागाईँलाई नै काम गर्न दिन अनुरोध गरेको छ। काठमाडौँ महानगरका मेयर बालेन साहले भने उनलाई हाजिर गर्न नदिने अडान लिएका छन्। यता, काठमाडौँ महानगरमा अर्को हाकिम नपठाउने सामान्यले जनाउ दिएको छ। यो भए संगै बालेन लतारिने निश्चित भएको छ। 

गुरागाईंले महानगरमा काम गर्ने वातावरण नपाएको भन्दै मन्त्रालयलाई पत्र बुझाएका थिए। उनको आग्रहपछि मन्त्रालयले महानगरलाई पत्र लेख्दै भनेको छ- '...हाजिर गर्न नपाएको अवस्था रहेकोले आवश्यक व्यवस्थापन गरी कार्य वातावरण सहज बनाइदिनु हुन भनी यस मन्त्रालयमा निवेदन पेस गर्नुभएको हुँदा महानगरपालिकामा हाजिर भई कार्य सम्पादनका लागि आवश्यक सहजीकरण गरिदिनु हुन अनुरोध छ।'

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  १६:०६
प्रतिक्रिया दिनुहोस्