सोसल मिडिया
युनिकोड
राष्ट्रपति रामचन्द्र पौडेलले दुईवटा अध्यादेश जारी गरेका छन् ।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार पौडेलले सरकारको सिफारिसमा ती अध्यादेशहरू जारी गरेका हुन् ।
राष्ट्रपतिले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजीम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा ती अध्यादेश जारी गरेका प्रवक्ता भण्डारीले जानकारी दिएका छन् ।
राष्ट्रपति पौडेलले मंगलबार वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३ र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३ जारी गरेका हुन् ।