Dashain Banner
Dashain Banner

कांग्रेस सभापतिमा गगन निर्वाचित, उपसभापति र महामन्त्रीको दिउँसो गणना

शनिबार, असोज २४, २०८३

नेपाली कांग्रेसको सभापति पदको मतपरिणाम सार्वजनिक भएपछि आज उपसभापति र महामन्त्री पदको मतगणना हुने भएको छ । निर्वाचन समितिले दिउँसो १ बजेदेखि मतगणना सुरु गर्ने तयारी गरेको छ ।

निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार दिउँसो १ बजेदेखि उपसभापति र महामन्त्री पदको मतगणना सुरु गर्ने योजना छ । सभापति पदको मतपरिणाम शनिबार बिहान सार्वजनिक भएको थियो । सभापतिमा गगन थापा निर्वाचित भएका छन् ।

अब कांग्रेसको नयाँ नेतृत्वमा उपसभापति र महामन्त्री को निर्वाचित हुन्छन् भन्ने चासो बढेको छ ।

प्रकाशित मिति: शनिबार, असोज २४, २०८३  ०८:२८
प्रतिक्रिया दिनुहोस्