सोसल मिडिया
युनिकोड
आज शनिबारदेखि मौसम सुधार हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनएको छ।
महाशाखाका अनुसार आजदेखि पानी पर्ने क्रम ह्वात्तै घट्ने आकलन छ।
जसअनुसार आज दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस्तै कोसी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।
आज राति भने कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा मात्र हल्का वर्षा/हिमपातको सम्भावना छ।
मौसम महाशाखाका अनुसार बिहानीपख तराईका केही स्थानमा हुस्सु लाग्ने सम्भावना छ।