सोसल मिडिया
युनिकोड
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री (दलित कोटा समावेशी तर्फ)मा नरेन्द्र पासवानले उम्मेदवारी दर्ता गराएका छन् ।
आफ्नो उम्मेदवारी कुनै व्यक्तिगत पद वा प्रतिष्ठाका लागि मात्र होइन,पार्टी संगठनलाई गाउँदेखि केन्द्रसम्म थप सुदृढ, अनुशासित, गतिशील र जनमुखी बनाउने संकल्पका लागि भएको पासवानले उम्मेद्वारी दर्ता गराएपछि प्रष्ट पारेका छन् ।
कार्यकर्ताको सम्मान, मधेशी, महिला, जनजाति, अल्पसंख्यक, पिछडिएको वर्ग, मुश्लिम,दलित तथा दलित भित्र पनि मधेशी दलितको सम्मान र जनसंख्या अनुसार को अवसरमा युवाको सहभागिता, समावेशी प्रतिनिधित्व र जनतासँगको सम्बन्धलाई अझ मजबुत बनाउँदै नेपाली कांग्रेसलाई समयअनुकूल थप प्रभावकारी बनाउन आफू हरदम क्रियाशील रहने पासवानले दाबी समेत गरेका छन् । उनको उम्मेदवारी दर्ता क्र. स.-१ मा रहेको छ।