कांग्रेसलाई थप सबल बनाउन मैदानमा उत्रिए प्रबल, दिए केन्द्रीय सदस्यका लागि उम्मेद्वारी

मंगलबार, असोज २०, २०८३

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य (खुल्ला) पदका लागि प्रबल थापाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

पार्टीलाई अझ गतिशील, समयसापेक्ष र बलियो बनाउने अठोटका साथ उम्मेद्वारी दर्ता गराएको उनको दावी छ ।  

उम्मेद्वारी दर्ता गराएर चुनावी मैदानमा उत्रिएका उनले  सम्पूर्ण आदरणीय महाधिवेशन प्रतिनिधिहरुको अमूल्य साथ, स्नेह, सहयोग र बहुमूल्य मतको हार्दिक अपेक्षा सहित विनम्र भावमा आफूलाई मतदान गर्न र विजयी बनाउन अनुरोध समेत गरेका छन् ।

गत फागुनमा सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचनमा काठमाण्डौ क्षेत्र नं.१ का नेपाली कांग्रेसका उम्मेद्वार समेत रहेका थापा नेपाली कांग्रेसको वैचारिक अवस्थालाई सरल भाषामा व्याख्या गर्न सक्ने क्षमता भएका शालीन नेता समेत हुन् । 

उनले नेपाली कांग्रेसलाई थप सबल र युवालाई कांग्रेससँग जोड्ने रसायनको काम गर्न उम्मेद्वारी दिएको बताएका छन् ।

प्रकाशित मिति: मंगलबार, असोज २०, २०८३  १९:००
प्रतिक्रिया दिनुहोस्