दुई लाख खन्खन्ती गनेर घर जान दुर्गा प्रसाईलाई अदालतले दियो सुविधा

मंगलबार, असोज २०, २०८३

जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

विद्युतीय (इलेक्ट्रोनिक) कारोबारसम्बन्धी कसुरमा मुद्दा चलाइएका प्रसाईंलाई जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले मंगलबार (असोज २०) प्रसाईंसँग दुई लाख धरौटी लिएर छाड्न आदेश दिएको हो ।

प्रसाईं राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक समेत हुन् ।

रास्वपा सांसद रचना खतिवडामाथि गरेको टिप्पणीका आधारमा पक्राउ गरी प्रसाईंविरूद्ध विद्युतीय कारोबार कसुर गरेको अभियोग दर्ता भएको थियो ।
 

प्रकाशित मिति: मंगलबार, असोज २०, २०८३  १६:२८
प्रतिक्रिया दिनुहोस्