सोसल मिडिया
युनिकोड
नेपाली कांग्रेसले सहमहामन्त्रीको संख्या १५ जना बनाउने भएको छ। समावेशिताका आधारमा ९, खुलाबाट २ र सभापतिले मनोनीत गर्ने चारसहित १५ जना सहमहामन्त्री हुने भएका हुन्।
महिला, आदिवासी जनजाति, दलित, मधेशी, खस आर्य, थारू, मुस्लिम, पिछडिएको क्षेत्र र अल्पसंख्यक/अपाङ समुदायबाट १/१ सहमहामन्त्री हुनेछन्।
त्यस्तै, खुलाबाट २ जना सहमहामन्त्री तथा सभापतिले चार जनाले मनोनीत गर्ने व्यवस्था राखिएको छ। १५ जना सहमहामन्त्री राख्ने गरी विधान संशोधन गरिएको छ।
कांग्रेस महाधिवेशनमा सोमबारदेखि बन्द सत्र सुरु भएको छ भने असोज २२ गते निर्वाचन गर्ने तयारी छ।