चीन भ्रमणपछि प्रधानसेनापति सिग्देलको बेलायत भ्रमण, कहिले उड्दैछन् ?

शुक्रबार, असोज १६, २०८३

प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमणमा जाने भएका छन् । नेपाली सेनाका अनुसार प्रधानसेनापति सिग्देल सातदिने औपचारिक भ्रमणका लागि सोमबार बेलायत भ्रमणमा जान लागेका हुन् ।

बेलायती समकक्षीको निमन्त्रणामा सिग्देल सोमबार बेलायत प्रस्थान गर्ने सेनाले जानकारी दिएको छ ।

सिग्देलले प्रधानसेनापतिको जिम्मेवारी सम्हालेपछि बेलायतको पहिलो भ्रमण गर्न लागेका हुन् । यसअघि सिग्देलले भदौ २८ देखि असोज ३ गतेसम्म चीनको भ्रमण गरेका थिए ।

बेलायत भ्रमणका क्रममा सिग्देलले बेलायती प्रधानसेनापति रोली वाकरसहित बेलायती सेनाका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भ्रमण पूरा गरी प्रधानसेनापति सिग्देल असोज २५ गते स्वदेश फर्कनेछन् ।

प्रकाशित मिति: शुक्रबार, असोज १६, २०८३  १३:५५
प्रतिक्रिया दिनुहोस्