दुई सहसचिवलाई सचिवमा उकालियो, कहाँ-कहाँ भयो पदस्थापन ?

मंगलबार, असोज १३, २०८३

सरकारले दुई सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। 

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले इन्जिनियरिङ सेवा (प्राविधिक) सचिवमा जगदिश्वर कर्माचार्यलाई बढुवा गर्ने निर्णय गरेको हो। कर्माचार्यलाई ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा पदस्थापन गर्ने निर्णय भएको छ।

कर्माचार्य प्राविधिक सहसचिवमा सबैभन्दा वरिष्ठ हुन्। सरकारले प्रशासन सेवाको सचिवमा आभा श्रेष्ठ कर्णलाई बढुवा गर्ने निर्णय गरेको छ। 

महिला कोटाबाट उपसचिव र मधेशी कोटाबाट सहसचिव भएकी आभा प्रशासनको सहसचिवमा वरिष्ठ हुन्। आभालाई गण्डकी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय भएको हो।

प्रकाशित मिति: मंगलबार, असोज १३, २०८३  १७:३४
प्रतिक्रिया दिनुहोस्