मान्छेको क्यान्सर उपचार गर्ने अस्पतालमा पशु डाक्टर नियुक्त गरेको भन्दै सांसदले जनाए आपत्ति

सोमबार, असोज १२, २०८३

राष्ट्रियसभाका सांसद विष्णुबहादुर विश्वकर्माले चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सञ्चालक समितिमा पशु चिकित्सक नियुक्त गरिएको भन्दै आपत्ति जनाएका छन् ।

सोमबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै सांसद विश्वकर्माले सरकारको सुशासनप्रतिको प्रतिबद्धता आफैँमा एउटा मजाक बनेको टिप्पणी गरे ।

"बीपी कोइराला क्यान्सर अस्पतालको समितिमा पशुको डाक्टर नियुक्त गरिएछ, यो त अति भएन ?," बैठकमा प्रश्न गर्दै सांसद विश्वकर्माले भने, "मानव स्वास्थ्यसँग जोडिएको क्यान्सर अस्पतालको समितिमा मानिसकै डाक्टर नियुक्त हुनुपर्ने होइन ?"
 

प्रकाशित मिति: सोमबार, असोज १२, २०८३  १५:१९
प्रतिक्रिया दिनुहोस्