सोसल मिडिया
युनिकोड
आइतबार देशका १६ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम देखिएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार रुपन्देही, कपिलवस्तु, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी र आसपासका जिल्ला भई बहने स-साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च जोखिमको सम्भावना छ।
बारा, पर्सा, रौतहट, सर्लाही, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, रसुवा, नुवाकोट, धादिङ, गोरखा, अर्घाखाँची, प्युठान, दाङ, रोल्पा, सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेखमा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ।
यसैगरी सुर्खेत, बाँके, बर्दिया, बाजुरा, अछाम, डोटी, बझाङ, दार्चुला, बैतडी, डडेलधुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने स-साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ।