सोसल मिडिया
युनिकोड
आजै घाम अस्ताएपछि परराष्ट्रमन्त्री शिशिर अमेरिका उड्ने
संयुक्त राष्ट्रसंघको ८१औं महासभालाई लक्षित गर्दै परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्ने भएका छन्।
मन्त्री खनाल नेतृत्वको टोली आइतबार साँझ ६ बजे न्युयोर्कका लागि प्रस्थान गर्ने उनका प्रेस सल्लाहकार जगदीश्वर पाण्डेले जानकारी दिए।
महासभाको उच्चस्तरीय सत्रअन्तर्गत हुने विभिन्न उच्चस्तरीय बैठक तथा मन्त्रिस्तरीय भेलामा परराष्ट्रमन्त्री खनाल सहभागी हुनेछन्। भ्रमणका क्रममा उनले विभिन्न देशका आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्तासमेत गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
यसपटकको महासभामा नेपालको उच्चस्तरीय सहभागिता प्रधानमन्त्री वालेन शाहको भ्रमणसँग पनि जोडिएको छ। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह ६ असोजमा अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रमा ८ असोजमा सम्बोधन गर्ने तय भएको छ। त्यसअघि परराष्ट्रमन्त्री खनालको न्युयोर्क भ्रमणलाई महासभामा नेपालको सहभागिताका लागि हुने प्रारम्भिक कूटनीतिक गतिविधिका रूपमा हेरिएको छ।