सोसल मिडिया
युनिकोड
सरकारले संविधान दिवस धुमधामले मनाए पनि नेपाल समाजवादी कांग्रेसले भने संकेतिक विरोध गरेको छ ।
नेपालको विद्यमान संविधान भन्दा एक वर्ष जेठो समाजवादी कांग्रेसले सुरु देखि नै संविधानको विरोध गर्दै आएको छ ।
२०७२ असोज ३ गते जारी भएको संविधानको मूल मर्ममै खोट देखेको समाजवादी कांग्रेसले सालिन्दा संविधान दिवसको विरोधमा कार्यक्रम गर्दै आएको थियो । उक्त पार्टीका केन्द्रीय अध्यक्ष गोविन्द निरौलाले प्राकृतिक विपत्तिका कारण यो वर्ष पार्टीले संविधान दिवसको सांकेतिक विरोध मात्र गरेको वताए ।
राजसंस्था सहिका मौलिक र नेपाली हावापानी अनुकूलको रैथाने वैदिक तत्वको राज्यसत्ताका पक्षमा दह्रो उभिएको समाजवादी कांग्रेसले कालोपट्टी बाँधेर हुलका हुल कार्यकर्तालाई सिंहदरबार भित्रै मार्चपास गराएर विरोध गर्दै आएको थियो ।