सोसल मिडिया
युनिकोड
भदौ १० गते आएको विनाशकारी बाढीको केन्द्रविन्दु रसुवाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) नरेन्द्र परियारलाई गृह मन्त्रालयले मन्त्रालयमै तानेको छ।
प्राकृतिक विपत्ले थलिएको रसुवामा उनले प्रशासनिक कमाण्ड गर्न नसकेको निचोड सहित मन्त्रालयले तानेको हो ।
उनको स्थानमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक कमलप्रसाद पाण्डेलाई प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ।
परियारले प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेको दुई महिना पनि नपुग्दै उनी मन्त्रालय तानिएका हुन्। बाढीपछि जिल्लामा उत्पन्न संकट व्यवस्थापन, खोज तथा उद्धार, राहत वितरण र निकायहरूबीचको समन्वयमा उनको भूमिका फितलो भएको ठहर गर्दै मन्त्री सुधन गुरुङको ठाडो निर्देशनमा तानिएको छ ।
विपत् पछिको व्यवस्थापनमा अल्मलिएको फोनै नउठाएको समन्वयमा सन्तुलनकारी भूमिका निर्वाह गर्न चुकेको ठहर गर्दै उनलाई बाढी गएको ११ औं दिनमा तानिएको हो। उनले सोमबारै रसुवा छोड्ने बताईएको छ ।