सोसल मिडिया
युनिकोड
सुशासनको चार अक्षरिय मन्त्र फलाकेर भएर जेनजी आन्दोलनले सबै बढारिएर थान्को लागे पनि गृहमन्त्रालयका तीन भाई सहसचिव जेनजी आन्दोलन अघिकै अवस्थामा आज सम्म विराजमान छन्।
जेनजी आन्दोलन अघिकै सरकारले उपलब्ध गराएको कुर्सीमा विराजमान भई राख्ने दुर्लभ अवसर पाउने तीनभाई सहसचिव संयोगले एकै भेगका छन्। अचेल निजामती क्षेत्रमा यी तीन सहसचिवलाई जागिर खान जान्ने वान्छनीय योग्यता पुगेका हाकिमको फुर्को लगाएर सम्बोधन गर्न थालिएको छ।
जेन-जी आन्दोलन अघिदेखि सम्हालेको जिम्मेवारीमा उनीहरूले हलचल हुनु परेको छैन । गृहमा ३ सरकार फेरिदा पनि गृहका ३ सहसचिवको कुर्सी नफ़ेरिएको हो । यी सहसचिवको पालामा रमेश लेखक, ओमप्रकाश अर्याल र सुदन गुरुङ गृहमन्त्रीको जिम्मेवारीमा रहे। केपी ओली, सुशीला कार्कीदेखि बालेन्द्र शाह (बालेन)को नेतृत्व गरी ३ वटा सरकार फेरिए। तर, गृह मन्त्रालय सहसचिवत्रय ऋषिराम तिवारी, आनन्द काफ्ले र रामचन्द्र तिवारीको जिम्मेवारी नफेरिएको हो। स्याङ्जाका ऋषिराम, लमजुङ्गका काफ्ले र पर्वतका तिवारीले दायाँयाँ गर्नु परेको छैन।
विगतमा पनि यी तिनै भाईले मिलाएरै जागिर खाएको चर्चा छ। रमेश लेखक गृहमन्त्री हुँदा हर्ताकर्ता रहेका तिवारी बन्धु अहिले पनि गृहको पूर्ववत् जिम्मेवारीमा रहेका छन्। लेखकले ऋषिलाई काठमाडौंको सिडिओबाट तानेर मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख बनाएका थिए। त्यस्तै रामचन्द्रलाई सुरक्षा समन्वय महाशाखा प्रमुखबाट अध्यागमन विभागको महानिर्देशक (डिजी) बनाएर पठाएका थिए। रामचन्द्रलाई अध्यागमन विभागको डिजीमा पठाएपछि रिक्त रहेको मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखा प्रमुखको जिम्मेवारी आनन्द काफ्लेलाई दिइएको थियो। अहिले पनि उनीहरू लेखकले नै दिएको जिम्मेवारीमा रहेका छन्।
जेन-जी आन्दोलनका हर्ताकर्ता सुधन गुरुङ गृहमन्त्रीको हैसियतमा छन्। गृहसचिव पनि यो बीचमा तीन जना नै भईसकेका छन्।