भोटेकोशी बाढीका कारण बेपत्ता भएका टिमुरे भन्सारका यी हुन् १५ कर्मचारी

बिहीबार, भदौ ११, २०८३

भोटेकोशी बाढीका कारण बेपत्ता भएका टिमुरे भन्सारका यी हुन् १५ कर्मचारी


भोटेकोशी बाढीका कारण रसुवाको टिमुरे भन्सार कार्यालयका १५ कर्मचारी बेपत्ता भएका छन् ।

चालीस जना कर्मचारीमध्ये प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुंगानासहित २५ जना सम्पर्कमा आएको र बाँकी सम्पर्कविहीन रहेको भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाले बताए ।

 बेपत्ता भएका कर्मचारीहरू  

१. नहकुल शर्मा

२. राजेन्द्रकुमार सोनकर

३. विकास तामाङ

४. विष्णुप्रसाद भुसाल

५. भीमबहादुर लामा

६. दिनेश घिमिरे

७. अनिता पुरी

८. प्रेमप्रसाद सेढाई

९. गोविन्द अधिकारी

१०. सुनिल गुरुङ

११. नरेशदत्त जोशी

१२. राजु ओली

१३. राम नेपाली

१४. विमल त्रिपाठी

१५. हरिबहादुर खड्का

बर्तौलाका अनुसार सम्पर्कमा आएका २५ कर्मचारीमध्ये २ जनाको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । अन्य ११ जना काठमाडौं आइपुगेका छन् । उनीहरूको अवस्था सामान्य रहेको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ ११, २०८३  १२:०७
प्रतिक्रिया दिनुहोस्