Dashain Banner
Dashain Banner

मेयर हुदाँ वालेनसँग नोकझोँकमा परेका काठमाण्डौ महानगरका हाकिम सरोज गए घर

बुधबार, साउन २०, २०८३

काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ आजदेखि सेवा निवृत्त भएका छन् । 

गुरागाईँ करिब दुई वर्ष महानगरको प्रशासकीय नेतृत्वमा रहे । २०८१ भाद्र २७ गतेको नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णय अनुसार गुरागाईंले २०८१ असोज ७ गते काठमाडौँ महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा पद वहाली गरेका थिए ।

यसअघि बालेन शाह महानगर प्रमुख हुँदा उनलाई महानगरबाट हटाउन निकै कोशिस गरे पनि सकेनन् । उमेरका कारण आजदेखि उनी अनिवार्य अवकाशमा गएका हुन् ।

विदाइ कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डङ्गोल, प्रवक्ता नविन मानन्धर, कार्यपालिका सदस्यहरु, विभागीय प्रमुखहरु, महाशाखा प्रमुखहरु सहभागी थिए ।

प्रकाशित मिति: बुधबार, साउन २०, २०८३  २०:५६
प्रतिक्रिया दिनुहोस्