केभीडिएका पूर्व आयुक्त तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर, श्रीमती र छोरी पनि डामिए

बिहीबार, वैशाख ३, २०८३

उपत्यका विकास प्राधिकरण केभीडिएका अवकाशप्राप्त विकास आयुक्त भाइकाजी तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अवैध सम्पत्ति आर्जनको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार बिशेष अदालतमा मुद्दा दायर गरेको हो । 

२७ वर्षे सरकारी सेवामा उनले १० करोड ५४ रुपैयाँ भन्दा धेरै आर्जन गरेको अख्तियारको अभियोग छ। २०४५ सालमा जागिर खाएका उनी २०७२ सालमा सेवानिवृत्त भएका थिए। प्राधिकरणले गरेको उपत्यकाको सडक विस्तारका कारण उनी चर्चित बनेका थिए। 

सम्पत्ति जफतका लागि आयोगले उनकी श्रीमती मिनादेवी तिवारी र छोरी मीरा तिवारीलाई पनि प्रतिवादी बनाएको छ।

प्रकाशित मिति: बिहीबार, वैशाख ३, २०८३  १७:५५
प्रतिक्रिया दिनुहोस्