सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री सुशीला कार्कीले सबैभन्दा ठूलो सुधार नेपाल सरकारका सचिवहरूलाई गर्नुपर्ने निचोड सुनाएकी छिन्। सिंहदरबारभित्र सचिवकै कारण बेथिति बढेको र त्यसको असर देशैभर परेको उनको निष्कर्ष छ।
सिंहदरबारभित्र काम गर्ने कर्मचारीहरूमा राजनीतिकरण हुने गरेको देखिएको प्रधानमन्त्रीले बताएकी छन्।
‘हरेक कामलाई सचिवहरू फनफनी घुमाइरहँदा रहेछन्। आफ्नो स्वार्थको कुरामा दुई तीन वटा विकल्प ल्याउँछन्, आफ्नो स्वार्थको कुरा छैन र देशको कुरा छ भने त्यो हुँदैन र मिल्दैन मात्र भन्ने। अख्तियार देखाउने। केही सीप नलागे विवादमा परिन्छ हजुर भन्ने। त्यो मैले रद्दी देखेको छु। सरकारको काममा ७५ प्रतिशत असर त्यहाँबाट परेको छ,’ उनले कुराकानीमा भनेकी छन्।
नयाँ सरकारले सबैभन्दा पहिला जेनजीले राखेका तीन वटा माग पूरा गर्नुपर्ने धारणा राखेकी छिन्। सुशासन कायम, भ्रष्टाचार नियन्त्रण र रोजगारीको व्यवस्था पूरा गर्नुपर्ने उनको भनाइ छ।
‘सबैभन्दा ठूलो समस्या रोजगारीको अभाव छ। भएका अवसरमा पनि नातावाद छ। यस्तो अवस्था हटाउँदै आर्थिक स्थितिमा सुधार गर्नुपर्छ। खुलेआम भ्रष्टाचार रोख्नुपर्छ,’ उनले भनिन्।
समयमा कुनै परियोजना पूरा नहुने अवस्था विद्यमान रहेको उनले बताएकी छन्। कुशासनको आसनमा बसेर सचिवले लुट मच्चाएको भन्दै उनले त्यसको बध्याकरण गर्नुपर्ने निचोड समेत निकालेकी छिन्। अब बन्ने बालेन सरकारले त्यसलाई कडी कडाउ गर्ने भएको छ।