सोसल मिडिया
युनिकोड
सरकारले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले फागुन २०, २१ र २२ गतेलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
आयोगको सिफारिस अनुसार सरकारले बिदा स्वीकृत गरेपछि लगातार ७ दिन सार्वजनिक बिदा हुने भएको छ । फागुन १८ र १९ गते दुई दिन होली पर्व, २० देखि २१ निर्वाचन तथा २२ र २३ गते शनिवार र अन्तर्राष्ट्रिय नारी दिवस पर्ने भएकाले लगातार सात दिन बिदा हुने भएको हो ।