Dashain Banner
Dashain Banner

निर्वाचनका लागि तीन दिन बिदा दिने क्याबिनेटको निर्णय, लगातार सात दिन बिदा 

मंगलबार, फागुन १२, २०८२

सरकारले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले फागुन २०, २१ र २२ गतेलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

आयोगको सिफारिस अनुसार सरकारले बिदा स्वीकृत गरेपछि लगातार ७ दिन सार्वजनिक बिदा हुने भएको छ । फागुन १८ र १९ गते दुई दिन होली पर्व, २० देखि २१ निर्वाचन तथा २२ र २३ गते शनिवार र अन्तर्राष्ट्रिय नारी दिवस पर्ने भएकाले लगातार सात दिन बिदा हुने भएको हो ।

प्रकाशित मिति: मंगलबार, फागुन १२, २०८२  १५:३०
प्रतिक्रिया दिनुहोस्