Dashain Banner
Dashain Banner

उद्धार तयारीका लागि गृहमन्त्री सुधन गुरुङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खडा 

बुधबार, भदौ १०, २०८३

रसुवा बाढीको क्षतिपछि उद्धार तयारीका लागि गृहमन्त्री सुधन गुरुङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्।

रसुवामा आएको बाढीका कारण प्रभावित नागरिकको उद्धार तथा राहतका लागि आवश्यक तयारीलाई थप प्रभावकारी बनाउन उनी विमानस्थल पुगेका हुन्।

उद्धार कार्यलाई तीव्रता दिँदै प्रभावित नागरिकलाई सुरक्षित स्थानमा ल्याउने तयारी भइरहेको गृह मन्त्रालयले जानकारी दिएको छ।

रसुवामा आएको बाढीका कारण चीन सीमादेखि त्रिशुली बजारसम्म ठूलो संख्यामा जनधनको क्षति पुगेको छ।

प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३  १५:०७
प्रतिक्रिया दिनुहोस्