Dashain Banner
Dashain Banner

भोटेकोसी नदीमा फेरि बाढी आउने जोखिम, चीनको नदी थुनिएपछि ताल पूरै खुलेन 

बुधबार, भदौ १०, २०८३

भोटेकोसी नदीमा फेरि बाढी आउने जोखिम रहेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिरकणले जनाएको छ। 

चिनियाँ अधिकारीहरूले अझै पनि बाढीको जोखिम रहेको जानकारी दिएको प्राधिकरणले जनाएको छ। बुधबार दिउँसो १ः३५ बजे चिनियाँ अधिकारीहरूले पठाएको सूचनामा नदी थुनिएको स्थानमा अझै पनि ताल पूरा नखुलेको जनाइएको छ। जसले गर्दा अझै पनि भोटेकोसी र त्रिशुली नदी आसपासको क्षेत्रमा जोखिम कायमै रहेको छ। 

प्राधिकरणले भनेको छ, ‘चीन तर्फबाट प्राप्त सूचना अनुसार नदी थुनिएको स्थानमा अझै पनि ताल पूरा नखोलिएको हुँदा भोटेकोसी र त्रिशुलीको क्षेत्रमा जोखिम कायमै रहेको र अर्को सूचना जारी नहुँदासम्म नदीबाट टाढा सुरक्षित स्थानमा रहिरहन अनुरोध छ।’

प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३  १४:०३
प्रतिक्रिया दिनुहोस्