बाढीले धादिङ सदरमुकाम धादिङबेँसी जोड्ने फुर्केखोलाको पुल बगायो 

बुधबार, भदौ १०, २०८३

भोटेकोशीमा आएको बाढीले धादिङ सदरमुकाम धादिङबेँसी जोड्ने फुर्केखोलाको पुल बगाएको छ ।

त्रिशूली नदी हुँदै धादिङबाट चितवनतर्फ बढेको बाढीले काठमाडौं र धादिङ सदरमुकाम धादिङबेँसी जोड्ने उक्त पुल बगाएको हो ।

बाढीले त्रिशूली नदीमा रहेका अन्य कैयौँ झोलुंगे तथा पक्की पुलमा समेत क्षति पुर्‍याएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३  १३:३८
प्रतिक्रिया दिनुहोस्