राष्ट्रियसभाका सांसदलाई भदौ १५ सम्म बिदा, १६ गते बैठक 

मंगलबार, भदौ ९, २०८३

राष्ट्रियसभाको बैठक आगामी भदौ १६ गते मात्र बस्ने भएको छ। आज बिहान बसेको बैठकले आगामी भदौ १६ अर्थात एक साताका लागि बैठक स्थगित गरेको हो।

आजको बैठकले ‘नेपाल विशेष सेवा ऐन’ सम्बन्धी विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत गरेको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्।

प्रकाशित मिति: मंगलबार, भदौ ९, २०८३  ११:५२
प्रतिक्रिया दिनुहोस्