सोसल मिडिया
युनिकोड
नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्कीलाई नियुक्त गरिएको छ । बुधबार (भदौ ३) बसेको मन्त्रिपरिषद् बैठकबाट उनलाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको हो ।
उदयपुरका कार्कीलाई नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४२ को उपदफा १ बमोजिम कार्यकारी निर्देशकमा नियुक्त गरिएको जनाइएको छ ।
नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट निवृत्त कार्की यसअघि पनि कोषको कार्यकारी निर्देशक थिए । उनी ०८० माघ ३ गते कोषको कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धाबाट छनोट भएका थिए ।
नेपाल ग्रामीण विकास बैंक र किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रूपमा समेत काम गरेको उनीसित अनुभव रहेको कोषले जनाएको छ ।
कार्कीले अष्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयबाट मास्टर अफ बैंकिङ एन्ड फाइनान्स (एमबिएफ) गरेका छन् । त्रिभुवन विश्वविद्यालयबाट व्यववस्थापनमा स्नाकतोत्तर गरेका छन् ।
उनले केन्द्रीय बैकिङ, वित्तीय स्थिरता र वित्तीय बजार विश्लेषणलगायत विषयमा अन्तर्राष्ट्रिय तालिम समेत प्राप्त गरेका कोषका सूचना अधिकारी उद्धवराज सिलवालले जानकारी दिए ।