Dashain Banner
Dashain Banner

भुँइकटहर कांग्रेसको मान्द्रोमा देउवा कांग्रेसले सुकायो बिस्कुन

सोमबार, भदौ १, २०८३

तीन दिनसम्म राजधानी स्थित मिराकल पार्टी प्यालेसमा चलेको नेपाली कांग्रेस इतरको राष्ट्रिय भेलाको समापन भाषणले धेरैको ध्यान खिच्यो । त्यसरी ध्यान खिच्नुको कारण पार्टीका पूर्व सभापति शेरबहादुर देउवाको हिन्दुत्वको भाषण थियो ।

देउवाले आफू हिन्दु भएको उचालिएरै बताएका थिए । हुन त नेपाली कांग्रेसको चरित्र धर्म निरपेक्षताको बर्को ओड्ने होइन । देउवाको भाषणपछि धेरैले कोर्स करेक्सन हुने लख काट्न थालेका छन् ।

अहिले रुख निर्वाचन भएको र झण्डामा चारवटा तारे भएको कांग्रेस आपसी किचलोमा छ । तर, कुनै किचलोमा नभएको छ तारे भुँइकटर कांग्रेस भने सधै एकै नास एकै रफ्तारमा दिगो विचार प्रवाह गरेर राष्ट्रिय राजनीतिको मान्द्रोमा बिस्कुन लगाईरहेकै छ ।

कांग्रेसका संस्थापक विपी कोइरालाको विचार बोकेर सनातनी विपी पथमा हिड्दै आएका गोविन्द निरौलाले भुँइकटहर चुनाव चिह्न भएको छ तारे कांग्रेस चलाई रहेकै छन् ।

एक दशक भन्दा अधिदेखि संघीयताको खारेजी, धर्मनिरपेक्षताको खारेजी, सनातन धार्मिक राज्यको स्थापना सहितका मुद्दा बोकेर छ तारे कांग्रेस गच्छे अनुसारको आन्दोलन गर्दै आएको छ। निरौला कांग्रेसले ऊ बेलैदेखि उठाएका एजेण्डा अहिले नेपाली कांग्रेसले बोक्न थालेको देखिन्छ ।

नेपाली काग्रेस शेरबहादुर समुहले सनातन हिन्दुराज्यको एजेन्डा आत्मसाथ गर्ने कुराको निर्णय गर्नु श्वागतयोग्य भएको भन्दै निरौलाले त्यसको तारिफ गरेका छन्।

संघियताको खारेज गरौ र नागरिक सर्बोच्चता भएको समाबेशी प्रजातन्त्र स्थापना गरेर राजनीतिक स्थायित्व मजवुत बनाउने सवालमा एकाकार हुन निरौलाले आग्रह गरेका छन् ।

प्रकाशित मिति: सोमबार, भदौ १, २०८३  १६:१६
प्रतिक्रिया दिनुहोस्