सोसल मिडिया
युनिकोड
नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला समापन समारोहमा लफडा भएको छ।
आइतबार दिउँसो भेलाको निर्णय सुनाउने क्रममा नेता विमलेन्द्र निधिले कार्यक्रम सञ्चालकलाई हटाएर आफैँ निर्णय सुनाउन चाहेपछि विवाद भएको हो।
कार्यक्रम सञ्चालकले निर्णय सुनाइरहँदा निधिले ‘हट्नुहोस्’ भनेपछि नेता प्रकाशशरण महतले उनलाई धकेलेका हुन्। तर निधि फेरि पोडियममै फर्किएर कार्यक्रम सञ्चालकसँग विवाद गरिरहे।
त्यसपछि नेता महत र शंकर भण्डारी फेरि पोडियममा पुगेर निधिसँग भनाभन गरेको देखिन्छ। अन्तिममा महतले निधिलाई विवाद नगर्न आग्रह गर्दै कुर्सीमा बस्न आग्रह गरेका थिए। त्योसँग विवाद सम्य भएको देखिन्थ्यो।
कार्यक्रम सञ्चालकले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले १५औँ महाधिवेशन गर्ने बताएपछि निधिले सच्याउन लगाएको बुझिएको छ।
एकछिनको झगडापछि कार्यक्रम सञ्चालकले १४औँ महाधिवेशनबाट निर्मित कार्यसमितिले १५औँ महाधिवेशन गर्ने भनेका थिए।