सोसल मिडिया
युनिकोड
सिन्धुपालञ्चोकस्थित भोटेकोसी गाउँपालिका-२ लिपिङको पारिपट्टि चीनतर्फ रहेको न्यालमस्थित झिम्मु पोस्ट लिपिङपारि भिरबाट ढुंगामाटोसहितको पहिरो खसिरहेकाले सतर्कता अपनाउन सूचना गरिएको छ।
बाढी पूर्वानुमान महाशाखाले आज (बिहीबार) दिउँसो १२ बजेतिर जारी गरेको सूचनाअनुसार चीनबाट नेपालतर्फ वहने भोटेकोसी नदीको बहाबलाई आधाजति रोकेको जानकारी स्थानीय प्रहरीबाट प्राप्त भएकाकाले भोटेकोसी नदी/सुनकोसी नदीको दोलालघाट नदी तटीय क्षेत्रसम्म अर्को सूचना जारी नभएसम्म सर्तकता अपनाउन जरुरी छ।
बाढी महाशाखाले जारी गरेको यस्तो छ पूरा सूचना
‘सिन्धुपाल्चोक जिल्लास्थित भोटेकोसी गाउँपालिका-२ लिपिङको पारिपट्टि चाइनातर्फको न्यालमस्थित झिम्मु पोस्ट लिपिङपारि भिरबाट ढुंगामाटोसहितको पहिरो खसिरहेको र चाइनाबाट नेपालतर्फ वहने भोटेकोसी नदीको बहाबलाई आधाजति रोकेको अवस्थामा रहेको जानकारी स्थानीय प्रहरीबाट प्राप्त भएको हुँदा भोटेकोसी नदी/सुनकोसी नदीको दोलालघाट नदी तटीय क्षेत्रसम्म अर्को सूचना जारी नभएसम्म सर्तकता अपनाउनहुन अनुरोध छ।’