Dashain Banner
Dashain Banner

मिटरब्याज पीडित महिलाद्वारा जिल्ला अदालत अगाडि आत्मदाहको प्रयास

बुधबार, साउन २७, २०८३

धनुषा जिल्ला अदालत अगाडि एक जना मिटरब्याज पीडित महिलाले आत्मदाहको प्रयास गरेकी छन्। जनकपुरधाम उपमहानगरपालिका- ४ की फुलकुमारी रजकले आत्मदाहको प्रयास गरेकी हुन्।

बुधबार दिउँसो अदालत अगाडि मिटरब्याज पीडितले नारावाजी गर्दै विरोध प्रदर्शन गरिरहेको उनले आत्मदाहको प्रयास गरेकीहुन्। उनले पेट्रोल आफ्नो शरीरमा खन्याएपछी प्रहरीले उनलाई रोकेका थिए।

न्यायाधीशले पैसा लिएर साहुलाई छाडेको उनको अरोप छ। अदालतमा आज पक्राउ परेका साहुविरुद्ध थुनछेक बहस भैरहेको छ। गोपाल साह, रेखा साह र हरेराम साह पक्राउ परेकोमा थुनछेक बहस भैरहेको छ।

प्रकाशित मिति: बुधबार, साउन २७, २०८३  १२:४३
प्रतिक्रिया दिनुहोस्