सोसल मिडिया
युनिकोड
वरिष्ठ साहित्यकार प्रा.डा. राजेन्द्र विमलको निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएकोमा गएराति करिब पौने एक बजे प्रादेशिक अस्पताल जनकपुरधाममा उनको मृत्यु भएको परिवारजनले जनाएका छन् ।
७९ वर्षीय विमललाई सोमबार राति करिब साढे ११ बजे स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उपचारको क्रममा उनको निधन भएपछि अहिले उनको पार्थिव शरीर जनकपुरधामको देवीचोकस्थित उनको निवासमा अन्तिम दर्शनका लागि राखिएको हो ।
वि.सं. २००४ मा धनुषाको खिरखिरियामा जन्मेका डा. नेपाली, मैथिली र हिन्दीमा स्नातकोत्तर गरेका थिए । उनले भाषा विज्ञान विषयमा पीएचडीको उपाधि प्राप्त गरेका थिए ।
त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस राराब क्याम्पस, जनकपुरधाममा नेपाली विभागमा शिक्षण गर्दै अवकाश प्राप्त गरेका थिए ।
कयौँ सरकारी तथा गैरसरकारी संघ संस्थाद्वारा पुरस्कृत भएका विमल विद्यापति पुरस्कार कोषद्वारा स्थापित नेपाल विद्यापति भाषा, साहित्य पुरस्का गरिमा, जगदम्बा सम्मान, राष्ट्रिय प्रतिभा, सिद्धी श्री आदि पुरस्कार लगायतका सम्मान तथा पुरस्कारबाट पृरस्कृत भएका थिए ।