देशै विघटन गर्ने प्लटकै परियोजनाकारले सिंहदरवारको नाम फेर्न खोजेको अध्यक्ष निरौलाको ठोकुवा

मंगलबार, साउन २६, २०८३

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले सिंहदरवारको नाम फेरेर अनामनगर दरबार राख्नुपर्ने सार्वजनिक अभिव्यक्ति दिएपछि त्यसको चौतर्फी आलोचना हुने क्रम जारी छ ।

कानून निर्माणको इजाजत पाएको संसदका सदस्य त्यसमा पनि राजकाजको रखवारी गर्ने समितिका सभापतिले नै सो प्रकारको निम्छरो अभिव्यक्ति दिएपछि नेपाल समाजवादी कांग्रेसका केन्द्रीय अध्यक्ष गोविन्द निरौलाले महत्वपूर्ण सवाल उठाएका छन् ।

बलि शक्ति शाक्त परम्पराको अजेय शक्ति भएको उल्लेख गर्दै उनले त्यसैमा आधारित बौद्धिक शक्तिको लेखाजोखा गरेका छन्। देवीका मन्दिर अगाडी र चारैसुरमा किन सिंहको प्रतिमा राखिन्छ भन्ने विषयमा उनले गम्भीर र मिहिन सबाल उठाएका छन् ।

त्यस्ता सनातनी शक्तिको कत्लेआम गर्दै राज्यलाई क्षतविक्षत गराउने तत्व सल्बलाएको ठहर गर्दै निरौलाले दैवि शक्ति बली र बौद्धिकताको प्रसङ्ग उठाएका हुन् ।

मठ मन्दिरका अगाडी र घरकै आगाडी पनि त्यस्ता प्रतिमा खडा गरिनुको अभेद्य तर्क सहित निरौलाले गम्भीर सवाल समाजिक संजाल मार्फत उठाएका हुन् ।

नेपाल विघटन गर्ने आधारशिला अन्तरगर्त सांसद ढकाल सहितका अतिवादीले सिंहदरवार जस्ता राज्यका निधि ध्वस्त पार्न कदम चाल्न थालेको ठहर सहित निरौलाले बेलैमा देशप्रेमीको ध्यान खिचेका छन् ।Screenshot_20260811_082353-1786417220.jpg

प्रकाशित मिति: मंगलबार, साउन २६, २०८३  ०८:४२
प्रतिक्रिया दिनुहोस्